१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकको इन्टरनेटमार्फत पाइने सुविधा नेपाल टेलिकममा निःशुल्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैंकिङ नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । बैंकले एनसेलको नेटवर्कमा यी सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्थापछि नेपाल टेलिकममार्फत पनि यो सुविधा थप गरेको हो । 

यो सुविधाअन्तर्गत एनआइसी एसिया मोबाइल बैंक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, इ–कमस एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्र्याकिङजस्ता थुप्रै सुविधा निःशुल्क लिन सकिने बैंकले जनाएको छ । त्यस्तै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आइपिओ)मा आवेदन दिन सकिने जनाइएको छ । 

आइसर्भ वेबमार्फत नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन–पासवर्ड रिसेटजस्ता मोबाइल बैंकिङ सेवाहरू, ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र चेक भुक्तानी रोक्का, टेलर सेवाहरू, कार्डसम्बन्धी सेवाहरू इ–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदनलगायतका सेवा लिन सकिने बैंकले जनाएको छ । 

बैंकको वेबसाइटबाट ग्राहकले बैंकबारे अधिकतम जानकारीहरू लिन सक्ने जनाइएको छ । जसमा अनलाइन खाता आवेदन, अनलाइन आइपिओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, इएमआई क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा–सुविधाको जानकारी पाउन सकिने जनाइएको छ । त्यस्तै, इन्टरनेट बैंकिङमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरू उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

उल्लिखितबाहेकका अन्य सेवाहरू लिँदा वा डिभाइसको ब्याकग्राउन्डमा चल्न सक्ने अन्य एपहरूको हकमा दूरसञ्चार सेवाप्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्ने बैंकले जनाएको छ । बैंकले हाल देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।