Skip This
काठमाडौंमा सिटिजन्स बैंकका थप तीन शाखा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २० सोमबार o७:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौंमा सिटिजन्स बैंकका थप तीन शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २० सोमबार o७:४९:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ठूलो भर्याङ, थली र बुढानीलकण्ठमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

थप तीनवटा शाखा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा बैंकको शाखा संख्या ३२ वटा पुगेको जनाइएको छ । नयाँ शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो–छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

साथै, बैंकले हालै काठमाडांैको नारायणगोपाल चोक, नवलपरासीको अमरापुरी, रुपन्देहीको बाँसगढी र हुम्लाको सिमिकोटमा गरी चारवटा शाखा स्थानान्तरण गर्ने कार्यसमेत सम्पन्न गरेको जनाएको छ । हाल बैंकले देशभरमा एक सय ७७ शाखा, एक सय २९ एटिएम र ९६ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।