१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘तरलता समस्या समाधान भएन भने नेपाल ठूलो मन्दीमा जानेछ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:oo:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। 

उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिले ठूला,साना, मझौला उद्योगीदेखि सर्वसाधारणहरूको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताए। उनले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताए।

‘अहिले जुन अवस्था उद्योगी व्यवसायीहरूले तरलता र तरलतासँग जोडिएर बहुपक्ष प्रभाव अर्थतन्त्रमा परेको छ यस्तो उद्योगी व्यवसायीहरूले जीवनमा पहिला अहिले पनि देखेका र भोगेका थिएनौँ । पहिला पनि तरलताका समस्या थिए । तर,यति गहन,जति जटिल तरलताको समस्या अहिले भोगिरहेका छौँ,’ उनले भने, ‘यो समस्याले गर्दा बजारमा अहिले ठूलो मन्दीको स्थिति आएको छ । कुनै नयाँ लगानी आउन सकेको छैन भने अहिले राजस्वमा पनि यसको असर देखिन थालिसकेको छ । उद्योगी व्यवसायीहरू असार मसान्तमा आफ्नो ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन् । यो तरलता समस्याको समाधान भएन भने नेपाल एउटा ठूलो मन्दीमा जानेछ ।’

ad
ad