१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १९ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १८:३५:oo

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन्। नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदाेन्नति भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै गृहमन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए। 

‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई,’ गृहमन्त्री खाणले भने, ‘नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने बताए। गृहमन्त्री खाणले अहिले प्रहरी नायब महानिरीक्षक भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कायसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिए।