मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १९ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भालुको पित्तसहित दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १६:३५:oo

संरक्षित वन्यजन्तु भालुको पित्तसहित प्रहरीले अर्घाखाँचीकाे पाणिनी गाउँपालिका– २ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उपमहानगरपालिका– ३ का ३२ वर्षीय भजिन्द्र दर्जीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार जोरपाटीस्थित नयाँ बस्तीबाट पक्राउ गरेको हो। उनीहरूकाे साथबाट दुई थान भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ।

बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरमाथि निगरानीबढाएको थियो। सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको सिआइबीको भनाइ छ। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ।