१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विज्ञापन आचारसंहिता एक हप्ताभित्रै अनुभूत हुने गरी कार्यान्वयन गर्न बोर्डलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता अनुभूति हुने गरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।

आइतबार बोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ताभित्रै अनुभूति हुने गरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्। विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने उनले स्पष्ट पारे।

सरोकारवालाहरूसँगको धेरै छलफलपछि सो आचारसंहिता जारी गरिएको भन्दै उनले त्यसले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगति अन्त्य गर्ने बताए। 

‘यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरूलाई अन्त्य गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ। होइन भने हामीहरूले शब्दहरू खर्चेर मात्रै यसको प्रभावकारिता हुन सक्दैन,’ उनले भने।