१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ असार १९ आइतबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरार अभियुक्त खोज्दै पर्सा प्रहरी

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार १३:२३:००

जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका अभियुक्त खोजी कार्यलाई तीव्र बनाएको छ । जिल्लास्थित प्रहरी र अदालतमा मुद्दा परी फरार रहेकाको खोजी कार्यलाई तीव्र बनाइएको हो । 

पर्साका प्रहरी प्रमुख रमेशकुमार बस्नेतले फरार रहेकाको खोजीकार्य तीव्र बनाइएको बताए । 

चालू आर्थिक वर्षमा फरार रहेका अधिकांशलाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउन सुरु गरिएको प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । ‘अदालतले फैसला गरी दोषी ठहर्‍याइएका अपराधी र अदालतमा मुद्दा चलिरहेका अभियुक्त, प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने, तर फरार सूचीमा रहेकाहरूको खोजीकार्य प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालू आर्थिक वर्षमा दण्डहीनता र फैसला कार्यान्वयनको क्रममा फरार रहेका एक सय ५२ जना पक्राउ गरेको छ । अदालतबाट कैद जरिवाना तोकी फरार एक एक आठजनालाई पक्राउ गरिएको छ ।

फरार रहेका अन्य अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको कार्कीले बताए । फरार अभियुक्तको विवरण अस्पष्ट भएकाले खोजीकार्यमा समस्या भएको उनले बताए ।