१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

छैटौँ पोखरा स्पोर्टस् अवार्ड : खड्का र शाही बने वर्ष खेलाडी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:२४:oo

टेनिसका प्रदीप खड्का र भलिबलकी अरुणा शाही छैटौँ पोखरा स्पोर्टस् अवार्ड ०७८ मा वर्ष खेलाडी घोषित भएका छन् । विश्व खेलकुद पत्रकार दिवसका अवसर पारी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा खड्काले पुरुषतर्फ र शाही महिलातर्फको वर्ष खेलाडी घोषित हुँदै उपाधि हात पारेका हुन् ।

कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी पोखरा महानगरपालिका– ६ निवासी गणेशबहादुर भट्टराईलाई सम्मान गरिएको थियो । वर्ष खेलाडीका लागि तीन–तीनजना मनोनयनमा परेका थिए । पुरुषतर्फ खड्कासँगै ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामा मनोनयनमा परेका थिए ।

त्यस्तै, महिलाका लागि क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल छनोट भएकी थिए । मनोनयनमा परेका अन्य दुई खेलाडीलाई पछि पार्दै खड्का र शाहीले उपाधि हात पारेका हुन् । 

खेल क्षेत्रमा जीवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन गर्ने उद्देश्यसहित ०७३ देखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । यसअघि प्रदेशका ११ जिल्लामा रहेका र गत वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट छनोट गरी उनीहरूलाई मनोनयन गरेको बरालले जानकारी दिए ।

कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड वर्ष खेलाडीसँगै वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार गरी सात विधामा अवार्ड वितरण गरिएको थियो ।

दर्शिल श्रेष्ठलाई उदीयमान अवार्ड
यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ हात पारे । उदीयमान खेलाडीका लागि श्रेष्ठसँगै क्रिकेटका सृष्टि जैसी र बक्सिङका साहिल लिम्बू मनोनयनमा परेका थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड टेनिसका नीरज थापाले हात पारे । प्रशिक्षकका लागि थापासँगै क्रिकेटका रिजन प्रजू र तेक्वान्दोकी रेकमाया गुरुङ मनोनयनमा परेका थिए  । वर्ष उत्कृष्ट खेल संघको अवार्ड तेक्वान्दो संघ गण्डकी प्रदेशले हात पार्दा वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड दीपक परियारले हात पारे । अवार्ड विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले पुरस्कार वितरण गरेका थिए ।

वितरण गरिएको सात विधामध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले ५० हजार मूल्यबराबरको चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला, वर्ष खेलाडी पुरुष र महिलाले समान नगद दुई लाख १० हजार पर्ने इलेक्ट्रिक स्कुटरको साथमा ट्रफी र दोसल्ला, उत्कृष्ट उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघले समान ३५–३५ हजार नगदसँगै ट्रफी र प्रमाणपत्र पुरस्कार पाएका थिए ।

ad
ad