मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १८ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १८ शनिबार २१:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजारको मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर : महानिर्देशक शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार २१:२२:oo

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजार मूल्यवद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन् । शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशनअनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गरिएको विषयमा जानकारी दिँदै उनले यस्तो बताएका हुन् । 

उनले देशैभरि अनुगमन गर्दा विदेशबाट नै सामानको मूल्यवृद्धि भएर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको पाइएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजार अनुगमन गर्ने निर्णयअनुसार देशव्यापी रूपमा असार १७ गते देशभर एकसाथ बजार अनुगमन गरिएको थियो । आगामी दिनमा यस्तो अनुगमनलाई निरन्तरता दिइने विभागले बताएको छ ।