Skip This
‘कमरेड’ शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘कमरेड’ शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:४२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले ‘कमरेड’ शब्द प्रयोग गर्न आपत्ति मान्नुनपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा मालेका पोलिटब्युराे सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नुनपर्ने बताएका हुन् । 

अध्यक्ष थापाले आफूलाई ‘कमरेड’ शब्द धेरै मन पर्ने भन्दै कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिनेसमेत बताए । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको बताए । 

‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो,’ अध्यक्ष थापले भने, ‘कमरेड भन्नमा आपत्ति गर्नुपर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रूपमा सम्बोधन गर्न चाहन्छु ।’


 

ad
ad