१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १८ शनिबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानमा लागुऔषधसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ असार १८ शनिबार १६:०७:००

इलाका प्रहरी कार्यालय धरानले ठूलो परिमाणमा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । सुराकीका आधारमा शुक्रबार राति धरान–८ बाट मोरङको विराटनगर–१५ घर भएका ३६ वर्षीय मणिकुमार सिंह र भोजपुरको आमचोक घर भई धरान–१३ बस्दै आएका २३ वर्षीय सुरेश श्रेष्ठ(सुवर्ण)लाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठको साथबाट १६५० थान स्पास्मो र १६२० थान ट्रामाडोल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर गजेन्द्र रायाले जानकारी दिए । उनका अनुसार सिंहको साथबाट ब्राउनसुगर बरामद गरिएको छ । दुवैलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले एक महिनादेखि धरानमा सादा पोसाकमा प्रहरी परिचालन गरेर लागुऔषध कारोवारीहरूको खोजी तीव्र बनाएको छ । ‘हामीले पक्राउ गर्न मात्र परिचालन गरेका छैनौँ । दुर्व्यसनीमा फसेकाहरूलाई सम्झाउने र चेतना जगाउने काम पनि गरेका छौँ,’ इन्स्पेक्टर रायाले भने, ‘धरानलाई लागुऔषध प्रयोगमुक्त सहर बनाउने हाम्रो अभियान छ । त्यसका लागि समुदायको पनि सहयोग चाहिन्छ । प्रयोग गर्नेभन्दा पनि लागुऔषध कारोबार गर्नेहरूलाई खोजी गरेर कारबाहीको दायरामा ल्याउन अभियान चलाइएको उनले बताए । 

इलाका प्रहरी कार्यालय धरानले चालू आर्थिक वर्षमा ७५ जनालाई विभिन्न लागुऔषधसहित पक्राउ गरेको छ । तीमध्ये ३६ जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेर थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको प्रहरीले जनाएको छ ।