मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Thursday, 18 September, 2025
२o७९ असार १७ शुक्रबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १७:१७:oo

   बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका–७ घर भएका २८ वर्षीय गौरभ शर्मा र काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैँजु बस्ने धादिङ नेत्रवती डबजोङ गाउँपालिका–५ घर भएका ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 
    बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना तथा २०७९ वैशाख ४ गतेको फैसलाले गुरुङलाई २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो।

उनीहरूले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो। उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ।