१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२१ कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:३८:oo

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको समन्वयमा कारागार कार्यालय रामेछापमा रहेका एक सय २१ कैदीबन्दीको निःशुल्क परीक्षण गरिएको छ। कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा जेलजीवन बिताइरहेका कैदीबन्दीहरूको आँखामा समस्या देखिएपछि आँखा परीक्षण गरिएको हो।

परीक्षण गरिएकाहरूमध्ये दुईजनामा जलबिन्दु र दुईजनामा मोतिया बिन्दु भेटिएको छ। उनीहरूलाई शल्यक्रियाका लागि काठमाडौं रिफर गरिएको मन्थली आँखा केन्द्रका स्वास्थ्य नेत्र सहायक उमेश तामाङले बताए। उनका अनुसार कारागारमा रहेका धेरै कैदीबन्दीको आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखिएपछि शिविरको आयोजना गरिएको हो।