१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७९ असार १७ शुक्रबार o९:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतका घटनामा परेर मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार o९:११:oo

मधेस प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विपतका घटनामा परेर पाँच सय एकजनाको मृत्यु भएको छ ।  मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार ०७८ साउनदेखि ०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार सात सय एक विपतका घटनामा एक सय ८२ पुरुष, एक सय आठ महिला र एक सय ४३ बालबालिकाको ज्यान गएको हो ।

यस अवधिमा भएका विपतका घटनामा परेर दुई सय १० महिला, एक सय ३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए । यस्तै, एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

सोही अवधिमा मधेसका जिल्लामा भएका ६ हजार दुई सय २३ सवारीसाधन दुर्घटनामा चार सय ३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने सात हजार नाै सय ४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार आठ सय ७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिए । यस क्रममा  २० करोड २७ लाख राजस्व  संकलन भएको छ ।

यस्तै, सोही अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरूबाट १५ थान हतियार बरामद भएको प्रवक्ता कार्कीले बताए । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार तीन सय ६७ जनालाई पक्राउ गरेको छ ।  

पछिल्लो समय लागुऔषध कारोबारीलाई निरुत्साहित गर्न प्रहरीले सोही अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाँजा तीन हजार एक सय ३१ किलो, ब्राउनसुगर एक सय ६४ ग्राम, चरेस ५१ किलो, हिरोइन ९५ ग्राम र डाइलेक्सी डिसी दुई सय १३ लिटर लागुऔषधसहित एक हजार एक सय २० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।  

सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट  ४० करोड १४ लाख २६ हजारबराबरको अवैध सामानसहित एक सय ९५ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । नदीजन्य पदार्थ उत्खनन गर्न प्रयोग गरिएका दुई सय ७३ सवारीसाधनसहित ५६ जना र अवैध काठ तस्करीमा प्रयोग गरिएका ३६ सवारीसाधनसहित ३१ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको छ ।    रासस