मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा, ट्रफी सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड, २०७८ को तयारी पूरा भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार  पोखरामा पत्रकार सम्मेलन गरी अवार्डको तयारी पूरा भएको जनाएको हो । 

पत्रकार सम्मेलनमार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफीसमेत सार्वजनिक गरिएको छ । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्वअध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बन्जरालगायतले ट्रफी सार्वजनिक गरेका थिए । अवार्ड समारोह असार १८ असारमा हुँदै छ । स्पोर्ट्स अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलले बताए । 

वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का, वर्ष खेलाडी महिलामा भलिबलकी अरुणा शाही, क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल, उदयीमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका साहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजू, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा मनोनयन सूचीमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट एकजनालाई अवार्ड वितरण हुनेछ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गरिने भएको छ । उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ । पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले ‘टेल जी’ ब्रान्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।  

वर्ष उत्कृष्ट उदयीमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैँतीस हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी, लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।