१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले तयार गर्‍यो स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू तथा समितिका सदस्यहरूले प्रतिवेदनका विषयमा विभिन्न सुझाव दिएका नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् । आवश्यक सुझावहरूलाई समेटेर सो प्रतिवेदन कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताइन् । ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ । र, आजको बैठकमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो,’ उनले भनिन्, ‘त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ ।’

उनले समितिको प्रतिवेदनमा उपसमितिहरूले दिएका प्रतिवेदनहरूलाई पनि समावेश गरिएको बताइन् ।