१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका हेटाैंडा
Invalid date format १o:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा : बजेटसम्बन्धी छलफल सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गएराति सकिएको हो । प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा प्रदेश सभा सदस्यहरूले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।

बैठकमा मुख्यमन्त्री पाण्डेसहित संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईं, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटबारे उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रश्नको जवाफ दिँदै उनीहरूले समग्र प्रदेशको विकासका लागि आएका योजनाका लागि बजेट पर्याप्त नभए पनि सरकारले सक्दो प्रयास गरेर आवश्यक योजनामा बजेट विनियोजन गरेको बताए । उनीहरूले योजना र गर्नुपर्ने काम बढी भएकाले आर्थिक वर्षको बीचमा पनि आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताए । 

विगतका सरकारले ल्याएजस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वाकांक्षी योजना वर्तमान सरकारले बजेटमा समावेश नगरेको उनीहरूले उल्लेख गरे । सरकारले लक्ष्यअनुसार योजना कार्यान्वयन गरेर खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाका लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनीहरूले उल्लेख गरे । 

बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा बजेट पारित गर्ने तयारी गरिएको बताइएको छ ।