Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७९ असार १६ बिहीबार ०८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घर भत्किँदा एक बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७९ असार १६ बिहीबार ०८:४४:००

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका– ५ पोखरीमा बुधबार घर भत्किँदा चारमहिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट– ४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् ।

त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइँ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । 

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारू र अर्जुन घाइते भएका छन् । दुवैजनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।