१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १८:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक अभावमा मृत्यु पर्खिरहेका रोशन    

परिवारमा आर्थिक संकट, विमार बल्झिँदै स्वास्थ्य बिग्रिँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

‘गरिबलाई सबै लागोस् तर रोग नलागोस्’  प्रत्येक विपन्न नेपाली परिवारको चाहना  र कामना यही रहन्छ । किनकि कुनै ठूलो रोग लागेपछि स्वास्थ्य उपचारको अभावमा तड्पिनुपर्ने बाध्यता विपन्न मानिसले व्यहोर्नुपर्छ। यसको पछिल्लो उदाहरण हुन्, गुल्मीस्थित रेसुंगा नगरपालिका–८ का रोशन पाण्डेय । 

स्थायी घर अर्घाखाँची छत्रदेव गाउँपालिका– ७ अर्घातोस  बाँगीगाउँका ४६ वर्षीय रोशन अहिले गम्भीर रोगका कारण एक वर्षदेखि ओछ्यानमै थला परेका छन्। उपचारमा आर्थिक अभाव भएपछि श्रीमती रिता पाण्डेयले सञ्चारमाध्यमसँग आफ्ना बिलौना पोख्दै हिँडेकी छिन् । उनका अनुसार श्रीमानको कलेजोले काम गर्न छोडेपछि पेट फुलेर बेहाल भइरहेको छ । दुई-चार दिनमा पानी निकालेर नफाले उनलाई निकै पीडा हुन्छ। 

परिवारले सुरुमा गुल्मी अस्पताल र बुटवलमा पनि देखाए । लामो समय घरमै आराम पनि गराए । तर, निको भएन । अहिले उनी १२ दिनदेखि वीर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उपचार, औषधि र काठमाडौंको महंगीले रोशनको परिवारलाई निकै सकस भएको छ । तम्घासमा सयपत्री होटेलबाट परिचित पाण्डेयको परिवारमा पछिल्लो समय आर्थिक संकट देखिएको छ। 

अहिलेसम्म श्रीमती रिताले आफ्नो पीडा बाहिर सुनाइनन् । सकेसम्मको खर्च र उपचार गरिन् पनि । तर, स्वास्थ्य र शारीरिक अवस्था दैनिक खस्कँदै गयो । होटेल व्यवसाय बन्द गर्ने स्थिति भएकाले भाडा तिर्ने उपाय पनि छैन । पीडित रोशनले परदेशमा कमाएको केही पैसाले खोलेको होटेल नै छोराछोरीको पठनपाठन र जीविकोपार्जन गर्ने माध्यम थियो । 
एक वर्ष पहिले सुरुमा बान्ता हुन्थ्यो । ग्यास्टिक भनेर रोशनले सामान्य उपचार गरे। एक वर्षपछि पेट सुन्निन थाल्यो । रोशनको परिवारले एक वर्षदेखि पेटमा पानी भरिएपछि थुत्ने र औषधि उपचार गर्ने गरिरहेको छ। बिस्तारै उनको किड्नीमा पनि समस्या देखिएको श्रीमती रिताले बताइन्। 

‘अस्पतालले बिस्तारै निको हुन्छ भनेपछि कुरेर उपचार गरिरहेका छौँ,’ उनले भनिन्,‘कहिलेसम्म कसरी अस्पतालमा राख्ने एक रुप्पे कतैबाट आर्थिक जोहो भएन।’