मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १५ बुधबार
  • Saturday, 12 July, 2025
२o७९ असार १५ बुधबार १३:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीबाट मात्रै होइन, सांसद र पार्टीबाट पनि राजीनामा दिन तयार छु : विमला वली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १३:२२:oo

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छिन्। पार्टीभित्रबाट पटक–पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म राजीनामा नदिएको उनको भनाइ छ।

‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दबाब आएको छ,’ वलीले नयाँ पत्रिकासँग भनिन्, ‘राजीनामापत्र पनि ल्याएर मकहाँ नेताहरू आउनुभएको छ, तर मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन।’ यदि आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत राजीनामा दिने वलीले बताइन् । ‘यदि मैले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै होइन, सांसद र पार्टीबाट नै दिन्छु,’ उनले भनिन्, ‘नत्र कुनै पनि पदबाट राजीनामा दिन्नँ।’ 

मन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन्। उनका अनुसार एकराजसँग भएको लेनदेनको कुरा मिलान गर्न त्यहाँ पुग्दा घरपरिवारसँग विवाद भएपछि उनी आलोचित बनेकी थिइन्। यसअघि शंकर पोखरेलको प्रदेशको सत्ता ढाल्नलाई निर्णायक भूमिका खेलेको भन्दै उनलाई राज्यमन्त्री पद सम्हाल्ने मौका मिलेको थियो।