१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o७:o४:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गाउँपिच्छे लोकदोहोरी प्रतिभा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o४:oo

चन्दननाथ नगरपालिका–१० (तत्कालीन कार्तिकस्वामी गाविस–२) बोहोरागाउँका महाशंकर देवकोटाले देउडा गायनमार्फत अघिल्लो पुस्तामा जुम्लाको लोकसंस्कृतिलाई राष्ट्रियस्तरमा चिनाएका थिए । देउडा नाचमा गाइने गीतलाई पनि दोहोरी भनिन्छ भनेर चिनाउन उनको भूमिका निकै महत्वपूर्ण छ । नाचसँगै ठिटाठिटीहरूले देउडा गीत गाउँछन्, यो गीतमा बाजा बजाउने चलन छैन, देउडा गीत सुदूरपश्चिमको प्रसिद्ध लोकसंस्कृति हो । उनले ९ पुस ०२० मै पहिलोपटक रेडियो नेपालमा गाएका थिए ।

 बिरामीलाई औषधिजस्तै देउडा
देवकोटा त्यतिवेला देउडा गीत बिरामीले सुने औषधिको काम गर्छ भन्थे । दिनभरिको कामले थाकेको शरीर साथीसँग बसेर देउडा गीत गाएर खेल्दा थकाइ पनि मेटिन्छ र विचार पनि आदानप्रदान हुन्छ । देउडा गायनको उत्पत्ति सामवेदबाट भएको हो । प्राचीनकालमा देवताले गाएर नाच्ने गर्थे, जुन कुरा गीतबाट प्रस्ट हुन्छ । देउडा गायक देवकोटा अहिले नभए पनि उनले गायका गीत संगीत अझै पनि कानमा गुन्जिएको आभास हुने देउडाप्रेमीहरू बताउँछन् ।

गायक देवकोटाले ‘खेल्दा खुट्टा बांगा गरेर चलाउने तथा देबे्र खुट्टा अगाडि बढाउने र देउडिएर खेल्दै गाइने भएकाले’ यस गीतको नाम देउडा गीत भएको हो भन्ने विचार राखेका थिए । देवकोटापछिका लोकदोहोरी गायक विमला शाही, कर्ण बुढ्थापा, छत्र शाही पनि जुम्लाकै हुन् । हिमा गाउँपालिका–७ जुम्लाका छत्र शाही अहिले लोकदोहोरी गीतसंगीत प्रवद्र्धन गर्ने कार्यक्रम इन्द्रेणीमा आबद्ध छन् । उनले पनि गीतसंगीतकै माध्यमबाट जुम्लालाई राष्ट्रियस्तरमा पहिचान दिएका छन् । उनीहरूले कर्णालीको (जुम्ला)हरेक दुःख, समस्या, अभाव मात्रै होइन, यहाँको पर्यटकीय सम्भावना, उत्पादित वस्तुहरूको बारेमा समेत गीतसंगीतबाट बजारीकरण तथा प्रवद्र्धन गरिरहेका छन् । 

लोकगायकलाई सम्मान छैन
विमला शाही पनि जुम्लाकी लोकप्रिय लोकदोहोरी गायिक हुन् । उनले पनि रेडियो नेपालमा गीत गाएर आफूलाई प्रमाणित गरिसकेकी छिन् । उनले भनिन्, ‘त्यतिवेला गीतको एल्बम निकाल्ने तयारी भए पनि आर्थिक अभावका कारण एल्बम निकाल्न सकिएन । कलाकारलाई अझै पनि पर्याप्त मान, प्रतिष्ठान सम्मान दिइँदैन । राज्यको लगानी पनि नहुँदा लोकप्रिय कलाकार पनि हराउँदै जानुपर्ने स्थिति हुँदो रहेछ ।’ 

पञ्चकली बुढा पनि जुम्लाकी नवनायिका हुन् । दुर्गम पातारासी गाउँपालिका–५ की बुढाले कर्णाली प्रदेशको मुकाम सुर्खेतमा हालै सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन । बुढाले सम्मानपत्रसहित २५ हजार नगद प्राप्त गरेकी थिइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाकी महिला उपाध्यक्षसमेत रहेकी बुढाले गीतसंगीतमा निकै चासो देखाउँदै आएकी छिन् । उनले भनिन्, ‘अवसर प्राप्त भए पछि पर्नेछैनौँ ।’ गीतसंगीतकै माध्यमबाट जुम्लालाई राष्ट्रियस्तरमा चिनाउने जिम्मेवारी हाम्रो काँधमा रहेको उनले बताइन् ।