मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १३ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १३ सोमबार २o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा हैजा : महानगरभित्रका सडकमा खानेकुरा बेच्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार २o:४o:oo

काठमाडौं महानगरपालिकाले आजबाट महानगर क्षेत्रका सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। महानगर क्षेत्रमा हैजा देखिएपछि महानगरले यस्तो निर्णय गरेको हो। जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । उनले जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताए।

प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन्। स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरूलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको जानकारी दिए। 

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले महानगगरले खानेकुरा तथा पानीको शुद्धतालाईसमेत निगरानी गर्ने भएको छ। हैजाको प्रकोप भएको ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र 'वाश' स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने महानगरले निर्णय गरेको छ।