१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

अग्नि नियन्त्रक भट्टराईको पुस्तक ‘आगो’को विमोचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

अग्नि नियन्त्रक किशोरकुमार भट्टराईद्वारा लिखित आगोबाट बच्ने उपायसहितको पुस्तक ‘आगो’को विमोचन गरिएको छ। सोमबार एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो। 
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुखसमेत रहेका भट्टराईले आफूले आगो नियन्त्रणको क्षेत्रमा भोगेका अनुभव, सिकाइ तथा आगोबाट बच्ने उपाय, क्षति र यसको व्यावहारिक प्रयोगलाई पुस्तकमा समेटेका छन्। विमोचन कार्यक्रममा बोल्दै भट्टराईले पुस्तकले आगलागी नियन्त्रणको उपाय सिकाउने बताए। ‘आगो जन्मदेखि मृत्युसम्म नभई नहुने चिज हो, तर यही आगो मानवीय नियन्त्रणबाहिर गएमा ठूलो मात्रामा जनधनको क्षति हुन्छ,’ उनले भने, ‘नेपालमा आगलागी नियन्त्रण तथा उद्धारको विषयमा नेपाली भाषामा लेखिएको पुस्तकको अभाव छ, यो पुस्तक नै त्यसको लागि उपयोगी बन्न सक्छ।’ उनले यो पुस्तकले सर्वसाधारणलाई आगोसम्बन्धी जानकारी दिने बताए। भट्टराईले यो किताब बिक्रीबाट प्राप्त रोयल्टी समुदायमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी सचेतना अभिवृद्धिमा खर्चिने जानकारी दिए।