१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

कर्णालीमा चलचित्र कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४३:oo

कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला–०७९ हुने भएको छ । केबी फिल्म्स प्रालिको आयोजनामा १४ देखि १९ असारसम्म पहिलोपटक कार्यशाला हुन लागेको हो । 

केबी फिल्म्सका अध्यक्ष भूपेन्द्रकुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज चलचित्र निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएका छन् ।

‘कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन कार्यशाला आयोजना गर्न लागिएको हो,’ खड्काले भने ।  

दूरसञ्चार प्राधिकरणको सहआयोजना तथा चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुने खड्काले बताए ।
 

ad
ad