१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार २१:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक सोमबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २१:३७:oo

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक असार १३ गते सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । उक्त बैठकमा पार्टीको देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि चुनावलक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । 
 
त्यसैगरी, पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम रहेको छ । महासचिव भुसालको प्रतिवेदनमा राजनीतिक व्यवस्था रक्षाका लागि नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे उल्लेख गरिएको छ । 

देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । रासस 

ad
ad