मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १२ आइतबार
  • Thursday, 10 July, 2025
फाइल फोटो
२o७९ असार १२ आइतबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार सय बढी स्थानीय तह जित्थ्यौँ, पार्टीभित्रकै अन्तर्घातले जित्ने ठाउँ पनि हार्नुपर्यो : उपसभापति खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १७:o८:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा कांग्रेसभित्रकै केही व्यक्तिको कुण्ठाका कारण कांग्रेसले जित हासिल गर्नुपर्ने कतिपय स्थानमा जित्न नसकेको बताएका छन्। आइतबार सुर्खेतमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले चार सयभन्दा बढी स्थानमा कांग्रेस विजयी हुने अवस्था रहे पनि त्यो हुन नसकेको बताएका हुन्। 

उनले निर्वाचनमा एमालेभन्दा एक लाखभन्दा बढी मत ल्याएको स्मरण गर्दै कांग्रसभित्रकै अन्तर्घातका कारण जित्ने स्थानीय तहमा पनि हार व्यहोर्नुपरेको बताए। ‘हामीले एमालेको भन्दा एक लाख ५० हजार बढी मत ल्याएका थियौँ । हामीलाई जनताले लोकप्रिय मत दिएका छन्, ’उपसभापति खड्काले भने, ‘हामी देशभरका चार सय बढी स्थानीय तह जित्ने थियौँ, तर केही साथीको कुण्ठाका कारणले हलो र सूर्य मत दिएका कारणले हामीले हार्नुपर्यो । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन।’

उनले पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था विमति भए पनि पार्टीमा बसेर छलफल गरेर समाधान खोज्नुपर्ने बताए। उनले निर्वाचनमा देखिएका विवादको समीक्षा आवश्यक रहेको औँल्याए। ‘सभापतिसँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला तर पार्टी जीवन लगानी गरेका साथीहरूले त अरूलाई मतदान गर्नुभएन नि !’ उपसभापति खड्काको कार्यक्रममा संस्थापन इतरसमूहले भने बहिष्कार गरेको थियो।