Skip This
मन्त्री आलेकाे गुनासाे- बजेट बढाउने मेरो मागलाई मन्त्रिपरिषद्ले चासो दिएन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री आलेकाे गुनासाे- बजेट बढाउने मेरो मागलाई मन्त्रिपरिषद्ले चासो दिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषद्ले चासो नदिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा मन्त्रिपरिषद्ले चासो नदिएको गुनासो गरेका हुन् । 

मन्त्री आलेले बारम्बार मन्त्रिपरिषद् र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो मागको सुनुवाइ नभएको गुनासो गरे । उनले बजेट नपाएकै कारणले मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको बताए ।  ‘कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्रलगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ,’ उनले भने, ‘तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिब साढे १० अर्बले घट्न गएको हुनाले बारम्बार माननीय अर्थमन्त्रीलाई भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाइ भएन ।’ 

मन्त्री आलेले नेपालमा आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव रहेको पनि बताए ।