१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारकाे सुनिश्चितता गरिनुपर्छ : कांग्रेस सचेतक भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवारको सुनिश्चितता गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले यस्तो बताएकी हुन् । उनले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन नसकेको बताइन् । संविधानले व्यवस्था गरेको समानुपातिक समावेशितालाई सरकारले लागू गर्नुपर्ने उनको माग थियो। 

‘स्थानीय तहको निर्वाचनमा जुन हिसाबले महिलाले उपस्थिति प्रत्यक्ष निर्वाचनमा पाउनुपर्ने थियो त्यहाँ गठबन्धन दलको दृष्टि नपुगेको देखिन्छ,’ उनले भनिन्, ‘अब प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थानलाई सुनिश्चितता गर्न कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गर्न सभामुखमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’