Skip This
समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सांसद भट्टराईद्वारा सरकारको ध्यानाकर्षण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सांसद भट्टराईद्वारा सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

एमालेका सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले काठमाडौं उपत्यकाभित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताए।  शिक्षामन्त्रीले संसदमा १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म ७० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक नपुगेको दाबी गरे। कक्षा १ देखि ३ सम्म निजी क्षेत्रलाई किताब छपाइ र वितरण गर्न दिँदा समयमै पुगे पनि चार कक्षादेखि माथि जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक पुर्‍याउन नसकेको बताए।

‘अहिले पनि ५० प्रतिशत पाठ्यपुस्तक विद्यालयमा पुग्नसकेकाे छैन । समयमा नै विद्यालयमा पुस्तक नपुग्दा अधिकांश विद्यालयमा पढाइ भएको छैन। पुस्तक नहुँदा शिक्षक तथा विद्यार्थीले के आधारमा पढाइरहेका छन् ? यस्तो समस्या ८० लाख विद्यार्थीले भोग्नुपरेको छ । अब चाँडै विद्यालयमा प्रथम त्रैमासिक परीक्षा हुँदै छ । परीक्षा के आधारमा हुन्छ र प्रश्नपत्र कसरी बनाइन्छ ? के आधारमा मूल्यांकन गरिन्छ ?’ उनले प्रश्न गरे ।