१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यही संसदबाट नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको छ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

सभामुख अग्निप्रसाद सापकोटाले यही संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको  ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरूले सुनौलो अवसर गुमाइरहेको उनको भनाइ थियो। उनले युवाहरूलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको र नागरिकता नपाएकालाई अन्याय भएको बताएका थिए ।  

‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौँ डेलिकेसन मकहाँ आएका छन् । अत्यन्तै, धेरै मार्मिक युवाहरू उमेर ढल्किन लागेको छ, तर नागरिकता पाएका छैनन् । अध्ययन गर्ने सुनौला अवसरहरू गुमिरहेका छन्,’ उनले भने, ‘मैले राजनीतिक पार्टीका नेताहरूसँग धेरै चरणमा कुरा गरेको छु । प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ भनेकाे छु ।’