१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको चुनावले एमालेलाई राम्रो संकेत दियो : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनावी नतिजाले एमालेका लागि राम्रो संकेत दिएको बताएका छन्। शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सत्तारुढ दलहरूले एक्लै चुनाव लडेको स्थानको तुलनामा गठबन्धन गरेका स्थानमा नै एमालेले बढी भोट ल्याएको भन्दै उनले यसलाई राम्रो संकेतका रूपमा उल्लेख गरेका हुन्। ‘एक्लाएक्लै चुनाव लडेको ठाउँको तुलनामा, सत्तापक्षले आंशिक गठबन्धन बनाएको ठाउँमा हाम्रो भोट अलिक बढेको छ। पाँचदलीय गठबन्धन भएको ठाउँमा हाम्रो भोट निकै बढेको छ। जहाँजहाँ पाँचदलीय गठबन्धन बन्यो त्यहाँ हाम्रो भोट ४१ प्रतिशत पुगेको छ। एउटा पार्टीको भोट यति पुग्नु भनेको असाधारण लोकप्रियता हो भन्ने बुझ्नुपर्छ,’ पोखरेलले भने।

गत स्थानीय चुनावले गठबन्धन गरेर एमालेलाई हराउन सकिन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरिदिएको उनले बताए। उनले भने, ‘मिल्नेबित्तिकै एमालेलाई हराउन सकिन्छ भन्ने जे मान्यता उनीहरू (गठबन्धनका दल)ले खडा गर्न लागेका थिए, त्यो यसपटकको चुनावमा हाम्रो कार्यकर्ता पंक्तिले गलत साबित गरिदिएको छ। १–२ प्रतिशत मात्र हाम्रो भोट बढाउने हो भने हामीले स्वाभाविक रूपमा चुनाव सजिलै जित्न सक्ने आधार तयार गर्न सक्छौँ भन्ने मलाई लाग्छ।’