१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:२२:oo

गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– २५, हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर बस्तीमा पानी पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए । 

यसैगरी, पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रूपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइएको छ। डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए ।  

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन नपाएको पनि वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन,’  उनले भने । उनका अनुसार घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण संकलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए । 

यसैगरी, अविरल वर्षाका कारण पोखरा– १६, अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । पहिरोबाट विस्थापितका लागि आमा समूह र सहकारी भवनको प्रयोग गरिएको उनले बताए । रासस

ad
ad