मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ११ शनिबार १२:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोल र डिजेलमा कर कटौती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ११ शनिबार १२:४६:००

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करबापतको केही शुल्क घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कटौती गर्ने निर्णय गरेको हो।

शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पेट्रोलियम पदार्थमा लगाइँदै आएको करमा कटौती गरिएको जानकारी दिए। कर कटौतीसँगै अब डिजेलको प्रतिलिटर मूल्य १६३ रुपैयाँ र पेट्रोलको मूल्य १७९ रुपैयाँ पर्नेछ। घटाएकाे मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।