मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ९ बिहीबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अप्पर सोलुको आइपिओ आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ९ बिहीबार ११:५९:००

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता रु. १०० अंकित रु. १९ करोड ५७ लाख ५० हजार मूल्यबराबरको १९ लाख ५७ हजार पाँच सय कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल निष्कासनको दुई प्रतिशतले हुने ३९ हजार एक सय ५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार आठ सय ७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार चार सय ७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रअनुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आइपिओमा आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएकाले निष्कासन बन्द छिटो नै हुने देखिन्छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु–दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको मोबाइल एप तथा वेबसाइटमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।