१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विमला वली प्रकरण : छानबिन टोलीले स्थानीयसँग भेट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २o:५८:oo

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)को घटनामाथि छानबिन गर्न बनेको टोली दाङ आएर छानबिन गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएर प्रहरीसहित एकराज बस्नेत, उनकी श्रीमती मीना बुढाथोकी बस्नेतसहित घरपरिवार र स्थानीयसँग भेटघाट गरेको हो । 

छानबिनको काम सबै सकेकाले बिहीबार बिहानै दाङबाट बुटवल हिँड्ने तयारी रहेको मन्त्री शर्माले बताए । ‘हामीले छानबिनका लागि भेटघाटको काम सकेका छौँ,’ मन्त्री शर्माले भने, ‘अब हामी भोलि बुटवल जानेछौँ ।’  

उनीहरूले छानबिन गरी प्रतिवेदन तयार पारेर मन्त्रिपरिषदमा पठाउने मन्त्री शर्माले बताए। ‘हामीले छानबिन गरेर प्रतिवेदन तयार गरेर मन्त्रिपरिषदमा पठाउँछाैँ,’ उनले भने,‘त्यसपछि यसमा सरकारले आफ्नो धारणा बनाउँछ ।’ 

बजेट पनि पारित गर्नुपर्ने भएकाले छिटो प्रतिवेदन तयार पार्नेतर्फ छानबिन समितिको टोली लागिरहेको छ । राज्यमन्त्री वलीले केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतसँग आफ्नो कारोबार भएको भन्दै घरमै गएकी थिइन् । तर एकराजकी श्रीमती मीना बस्नेतले आफूमाथि हातपात गरेको भनी अरोप लगाएकी थिइन् । 

ad
ad