१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ६ सोमबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग्दै राप्रपाद्वारा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ६ सोमबार १७:१९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नाको कारण माग गर्दै नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ। सोमबार निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।

प्रतिलिटर पेट्रोल, डिजेल र मटितेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भिभिआइपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजेल र मटितेलमा कति कर लाग्छ ? लगायतका सात प्रश्नको जवाफ माग गर्दै उनीहरूले निगम कार्यालयमा धर्ना दिएका हुन्।

अनावश्यक करको दर मात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए।