१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमाओवादीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष प्रचण्ड (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:११:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरूबीच छिट्टै एकता हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पूर्वमाओवादीहरूको नयाँ एकताको शृंखला नजिकिएको बताएका हुन्।

विभाजनलाई निषेध गरेर पुनः एकताले ठाउँ लिने भन्दै उनले कर्मचारीहरूभित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताए।

‘माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा शृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिबकरिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्वमाओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ। अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ,’ उनले भने।

कर्मचारी र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चिन्त व्यक्त गरे।