१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस/एएनआई न्यूयोर्क
२o८१ जेठ ३ बिहीबार २१:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

Read Time : < 1 मिनेट
रासस/एएनआई न्यूयोर्क
नयाँ पत्रिका न्यूयोर्क
२o८१ जेठ ३ बिहीबार २१:o५:oo

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो संख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

विशेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ। ‘दोस्रो विश्वयुद्धपछि एकैपटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलोपटक हो,’ युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ। अघिल्लो वर्षको तुलनामा विस्थापितको संख्या २२ लाख बढी देखिएको छ। विशेष गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।  

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  त्यसैगरी रूस-युक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ ।

ad
ad