निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १९ बुधबार
  • Wednesday, 05 October, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार १८:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओठे जवाफ नदिन पुष्पा भुसाललाई ईश्वर पोखरेलको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार १८:२०:००

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपिपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका छन् ।  

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस सचेतक भुसालले लगाएको आरोपप्रति खण्डन गर्दै तिम्रै पालोमा एसपिपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका हुन् ।

उनले आफ्नो पालोमा प्रधानन्यायाधीशसहितका मन्त्रालयलगायत पदाधिकारीहरूको कार्यदन गठन गरेर नेपाललाई सैन्य सम्झौतासम्बन्धी मुद्दा स्वीकार्य नहुने स्पष्ट पारेको भन्दै ओठे जवाफको कुनै अर्थ नरहेको बताए । समितिमै कांग्रेस सचेतक भुसालले चिठी पूर्वरक्षामन्त्री ईश्वर पोखरेलकै पालामा पठाइएको आरोप लगाएकी थिइन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषय धेरै गम्भीर विषय भएको भन्दै सकियो भनेर टार्न नमिल्ने बताए । यसबारेमा छुट्टै छानबिन समिति बनाउन पनि समितिको ध्यानाकर्षण गरे । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले अमेरिकालाई सेनाले पठाएको पत्रमा हातले मिति लेखेको भन्दै आपत्ति जनाए । सबै अक्षर प्रिन्टेड भए पनि मिति हातले लेखेकोले आशंका उब्जाएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रश्नको जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा हस्ताक्षरकर्ता त्यही दिन उपस्थित हुने/नहुने कुरा स्पष्ट नहुने भएकोले नबिग्रियोस् भन्ने हेतुले मिति पछि लेख्ने गरेको पनि स्पष्ट पारेका थिए ।