१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका त्रिशूली
२o८१ बैशाख २० बिहीबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोलाले बगाउँदा नुवाकोटमा शिक्षिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, त्रिशूली
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५५:oo

नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ६ की राधिका आचार्यको विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका– ४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीया आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

खड्काका अनुसार तादी– ४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा.९७प ६९२५ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट तादी खोलामा खसेको थियो। घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत थिइन्। रासस

ad
ad