मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३ शुक्रबार १३:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीमा एमालेले सुशील कोइरालालाई मुछेको भन्दै कांग्रेस सांसदद्वारा आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार १३:२३:oo

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) प्रस्तावमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछिएको भन्दै खेद व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको वेला हुँदै नभएको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेले मुछ्ने काम गरेको भन्दै खेद व्यक्त गरे।

कोइरालाजस्तो निष्ठावान् नेतालाई एसपिपीमा मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको आरोप छ। सो प्रस्ताव केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकिर गर्दै उनले दोहोरो चरित्र नदेखाउन एमालेलाई चेतावनी दिए।

‘हाम्रा निष्ठावान् नेता सुशील कोइरालालाई पनि त्यहाँ मुछ्ने काम भयो, जसको पालामा त्यो भएकै थिएन । त्यो एसपिपी भन्ने सम्झौताको पत्राचार गर्ने कुरा सुशील कोइराला प्रधानमन्त्री भएको वेला भएकै थिएन। तर, उहाँको नाम लिएर जनतालाई भ्रमित गर्ने कोसिसहरू भयो,’ उनले भने।

सांसद पन्थले एमालेले सो प्रस्तावको विषयमा प्रतिक्रिया दिँदासमेत कूटनीतिक मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति जनाए।