१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार २१:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोदावरी-फुल्चोकी वन संरक्षण क्षेत्र घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २१:३o:oo

गोदावरी- फुल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।  संरक्षित क्षेत्र घोषणा गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । 

पूर्वमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सिमानादेखि काभ्रेको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्ने गरी काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत फुल्चोकी डाँडादेखि भर्याङ खोल्सी र पानीघाट खोल्सी हुँदै काभ्रे र ललितपुर जिल्लाको सिमानाको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र  कायम गरिएको छ ।

पश्चिममा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्रअन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सिमानासम्मको राष्ट्रिय  वनको भाग तथा भूपरिधीय क्षेत्रलाई संरक्षण क्षेत्र कायम गरिएको छ ।

ad
ad