१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैन : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्।

उनले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू रहेकाले बिनाप्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने विषय कुरामै सीमित रहेको दाबी गरे।

‘हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो। एक देशबाट अर्को देशको नागरिक आवतजावत गर्ने प्रक्रियाहरू छन्। ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो। यसमा कुनै सत्यता छैन,’ मन्त्री कार्कीले भने।

मन्त्री कार्कीले एमसिसी परियोजनालाई समयमै सम्पन्न गरेर यसबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताए।