१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका सिन्धुली
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठौँ चुरे दिवस : राष्ट्रपति भण्डारीद्वारा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

आठौँ चुरे दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकामा वृक्षरोपण गरेकी छिन्। दुधौली– ३ को विशाल सामुदायिक वनअन्तर्गत कमलादी किनारको खाली जमिनमा भण्डारीले वृक्षरोपण गरेकी हुन्।

राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिको आयोजना तथा नेपाली सेनाको वन वातावरण पर्यावरण गण रानीवासको व्यवस्थापनमा भएको कार्यक्रममा उनले वर र पीपलको बिरुवा रोपेकी हुन्। 

समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रूख, फलफूलका बिरुवा र बाँस रोपेर चुरे दिवस मनाउँदै छ। चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिन असार २ गतेलाई प्रत्येक वर्ष चुरे दिवसका रूपमा मनाउने गरिएको छ।