१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १ बुधबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्रीले बजेट कटौती गरिदिँदा स्थानीय तहसँगको साझेदारी कार्यक्रम कटौती गर्नुपर्ने दुःखद अवस्था आयो : पर्यटनमन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १५:५o:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन् । बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटकपटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्ने दुःखद अवस्था आएको बताए । 

उनले बजेटको आकार भने ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे । 

अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण माननीयहरूको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरूलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रूपमा लिएको पनि उनले बताए । उनले भने, ‘बजेट गत वर्षको भन्दा ९.८ प्रतिशत वृद्धि भएको छ । तर, मैले यो रोस्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालयमा मात्र साढे १० अर्ब बजेट कटौती भएको अवस्था छ ।’

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए ।