१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘एसपिपी सम्झौताको विषय कहाँबाट आयो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:२o:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषय कहाँबाट आएको भनी प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले एसपिपी सम्झौताको विषय कहाँबाट, कसको पालामा र वर्तमान सरकारसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गर्नुपर्ने वेला आएको बताएका छन् ।

उनले सञ्चारमाध्यममा आएको १०बुँदे सम्झौताको विषयमा सम्बन्धित निकाय नै बेखबर रहेको बताए । उनले नेपाली सेनाको प्रवक्ताले यो विषय सेनाभित्र थाहै नभएको बताएको उल्लेख गरे । नेसनल गार्डको वेबसाइटमा पूर्ववर्ती सरकारको पालामा भएको देखिएकाले यो विषयमा छलफल हुनुपर्नेमा उनको जोड थियो । 

विकासको साझेदारीमा सबै राष्ट्रसँग सम्झौता हुन सक्ने भन्दै थापाले नेपाली सेना संलग्न हुने कुनै पनि समझदारी चाहे त्यो छिमेकी देशसँगको होस् चाहे मित्रराष्ट्र वा चाहे शक्तिराष्ट्र !  नेपाल सभागी हुन नसक्ने, हुन नपाउने र हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

ad
ad