१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १ बुधबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्सको मिस ग्ल्यामर र मिस नेपाल फेसन सो सम्पन्न

Read Time : < 1 मिनेट
२०७९ असार १ बुधबार ०६:०९:००

बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजरसँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनोट सम्पन्न गरेको छ । समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीले बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरूका रङहरूको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरू धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए । 

कार्यक्रममा बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको जनाएको छ । रचना गुरुङद्वारा कोरियोग्राफी गरी तीनवटा दृश्यहरूसहितको कार्यक्रममा २४ जना प्रतियोगीलाई आठ–आठजना गरी तीन समूहमा विभाजन गरिएको थियो । पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको कम्पनीले जनाएको छ ।

दोस्रो चरणमा कासाबाट डिजाइन गरिएका फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनीष राईकोे ग्लिट्जी इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको बर्जर पेन्ट्सले जनाएको छ । बर्जर पेन्ट्स नेपालले पोसाकहरूमा बर्जर रङहरू तथा ढाँचाहरूलाई कलात्मकता र स्पन्दनशीलताको अलौकिक संयोजन एवं प्रदर्शनी रहेको दाबी गरेको छ ।