१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वाइफाई नेपालले दियो तीन सय ३३ रुपैयाँमै ३० एमबिपिएस इन्टरनेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:२३:oo

नयाँ इन्टरनेट सेवाप्रदायक कम्पनी वाइफाई नेपालले तीन सय ३३ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वाइफाई नेपालले अहिले ३० र ५० एमबिपिएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन सुरु गरेको छ । हाल यो सेवा काठमाडौं उपत्यकामा उपलब्ध रहेको र चरणबद्ध रूपमा देशभर विस्तार गर्ने योजना रहेको जनाइएको छ । वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबिपिएस र पाँच हजार रुपैयाँमा ५० एमबिपिएस गतिको इन्टरनेट पाउने कम्पनीले जनाएको छ । जसमा ३० एमबिपिएसको मासिक शुल्क तीन सय ३३ रुपैयाँ र ५० एमबिपिएसको चार सय १७ रुपैयाँ हुन आउँछ । 

त्यस्तै, ३० एमबिपिएसको तीन महिने प्याकेज एक हजार एक सय रुपैयाँमा र ६ महिने प्याकेज दुई हजार एक सय रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, ५० एमबिपिएसको तीन महिने प्याकेजका लागि एक हजार पाँच सय रुपैयाँ र ६ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ पर्ने जनाइएको छ । कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, ६ महिना वा एकवर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । 

ad
ad