निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
विमला खत्री स्वास्थ्यराज्यमन्त्री, लुम्बिनी प्रदेश
२०७९ असार १ बुधबार ०७:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश राज्यमन्त्रीबाट महिला र नाबालिकामाथि कुटपिट

Read Time : > 1 मिनेट
२०७९ असार १ बुधबार ०७:१८:००

लुम्बिनी प्रदेशकी स्वास्थ्यराज्यमन्त्री विमला खत्रीले मंगलबार प्रेमी खोज्दै दाङको एक घरभित्र पसेर एक महिला र नाबालिकामाथि कुटपिट गरेकी छिन् । दाङ तुलसीपुर उपमहानगरपालिका– ५ आलुमण्डीस्थित एकराज बस्नेतको घर पुगेकी राज्यमन्त्री खत्रीले बस्नेतकी पत्नी मीना र अढाइ वर्षकी नाबालिका छोरीलाई कुटपिट गरेकी हुन् । 

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित परिवारका अनुसार राज्यमन्त्री खत्री ‘मेरो प्रेमी खोइ’ भन्दै घरभित्र पसेकी थिइन् । त्यसपछि उनले कुटपिट गर्नुका साथै दराजमा भएका कपडा फालेकी थिइन् । पीडितका अनुसार मंगलबार बिहान पौने आठ बजेतिर एकराजको घरमा पुगेकी विमलाले सुरुमै आक्रमण गरेकी थिइन् । ‘गेटमा आएर ढोका खोल भनेपछि ढोका खोल्यौँ, त्यसपछि भित्र आएर मेरो एकराज खोइ ? भन्दै मलाई र मेरी छोरीलाई झम्टिइन्, गालामा पिटिन्,’ मीनाले नयाँ पत्रिकासँग भनिन् । त्यसपछि स्थानीय जम्मा भएका थिए । केहीले महिला र नाबालिकामाथि कुटपिट गर्ने राज्यमन्त्रीलाई कालोमोसो दल्ने तयारी गरेका थिए । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले उत्तेजित भिडले राज्यमन्त्रीलाई दर्जनौँ सर्वसाधारणले मोसो लगाउने तयारी गरेका वेला उद्धार गरी ल्याउनुपरेको बताए । ‘मीना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएकाले स्थानीय आक्रोशित भएका रहेछन् । मोसो दल्ने तयारी पनि भएको रहेछ,’ डिआइजी उपाध्यायले भने, ‘त्यही वेला प्रहरी पुगेर राज्यमन्त्रीलाई उद्धार गरेको हो ।’ 

प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याएको थियो । वातावरण केही शान्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा आपसमा छलफल गराई विवाद साम्मे पार्ने तयारी भएको खबर थाहा पाएपछि स्थानीय पुगेर प्रशासन र राज्यमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । इप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि प्रहरीले दिउँसो १ बजेतिर राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याएको थियो । 

विमलाविरुद्ध पीडितले दिइन् उजुरी 
राज्यमन्त्रीविरूद्ध पीडित मीनाले जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी छिन् । मीनाले विमलाविरूद्ध आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएकी हुन् । मीनाका श्रीमान् एकराज बस्नेत भने सम्पर्कविहीन छन् ।

एकल महिला खत्रीको गत भदौमा वाइसिएल कार्यकर्ता बस्नेतसँग निकट सम्बन्ध देखाउने फोटो सार्वजनिक भएको थियो । त्यसवेला उनी सांसद मात्र थिइन् । उनी सडक दुर्घटनामा मृत्यु भएका प्रदेश सभाका तत्कालीन सांसद उत्तरकुमार वलीकी श्रीमती हुन् ।

उत्तरकुमारको ०७५ फागुनमा मृत्यु भएको थियो । उनको मृत्युपछि ०७६ मंसिरमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले दाङ क्षेत्र नम्बर ३ (ख)बाट विमलालाई उम्मेदवार बनाएको थियो । निर्वाचनमा विजयी भएकी विमला नेकपा फुटेर एमाले र माओवादी बनेपछि माओवादी रोजेकी थिइन् ।