मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ३१ मंगलबार ०७:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप आर्मीलाई

Read Time : < 1 मिनेट
२०७९ जेठ ३१ मंगलबार ०७:४३:००

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । गत संस्करणको विजेता आर्मीले उपाधि रक्षा गर्ने क्रममा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ ले हरायो ।

गत वर्षको फाइनलमा पनि आर्मीले विजय युथलाई नै पराजित गरेको थियो । आर्मीले यो सिजनको पहिलो उपाधि हात पारेको हो । विजेता आर्मीले १५ लाख र उपविजेता विजय युथले १० लाख रुपैयाँ पाएका छन । मकवानपुर जिल्ला फुटबल संघले १९ जेठबाट आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । 

अशोकले पाए बुलेट बाइक
सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट बाइक पाएका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको ६ लाख रुपैयाँबराबरको मोटरसाइकल बरालले पाएका हुन् । उनी युथ–२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् ।

उनी मनाङ मस्र्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फको सबै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने विधागत उत्कृष्ट घोषित भएका छन् ।